नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भट्टराई

एमाले निकट नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा मोहन भट्टराई चयन भएका छन् । सदरमुकाम दिक्तेलमा शनिबार राती सम्पन्न दशौं अधिबेसनबाट भट्टराई संगठनको अध्यक्षमा सर्वसहमत चयन भएका हुन् । २१ सदस्यीय संगठनको उपाध्यक्षमा हरिनारायण राई, महिला उपाध्यक्षमा पुष्पा कार्की, सचिवमा बिनोद राई, सहसचिवमा कृष्णप्रसाद आचार्य र कोषाध्यक्षमा किरण भट्टराई छानिएका छन् । अधिबेसनले रेखा राई, मणिराम ढकाल र ढुण्डीराज दुलाललाई केन्द्रीय प्रतिनिधि छानेको छ । यस्तै, युवराज फुयाँलको संयोजकत्वमा पदम राई र सुजता आचार्य सदस्य रहेको लेखा परिक्षण आयोग गठन गरिएको संगठनका पुर्वअध्यक्ष ध्रुब कार्कीले बताए । अधिबेसन केन्द्रीय प्रतिनिधि मुकुन्दप्रसाद पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । 
 

http://rupakotradio.org.np/