तातोपानीमा डुबेर गम्भीर घाइते

खोटाङ भदौ२०, तातोपानीमा डुबेर खोटाङमा एक बालीका गम्भीर घाइते भएकी छन् । दिक्तेल नगरपालीका(१ बस्ने काजी बस्नेतको ११ महिनाको छोरी रिस्तिका बस्नेत गम्भीर घाइते भएकी हुन् । घाइते भएपछि बालीकालाई जिल्ला अस्पताल दिक्तेलमा उपचारका लागी पु¥याएपनि उपचार हुन नसकेपछि थप उपचारको लागि हेलीकप्टर मार्फत काठमाडौं लगिएको छ । खानलाई तताएर ईलेक्टोनिक जगमा राखेको पानी खेलाउनेक्रममा पोखिएर बच्चा घाइते भएको उनको आफन्तको भनाइ छ । बालीकाको दुबै खुट्टामा गहिरो चोट लागेको छ । बालीकाको अहिले कान्तिपूर बाल अस्पताल काठमाडौंमा उपचार भइरहेको बालिकाको बुबाले बताएका छन् । बालीकाको बुबा राष्ट्रिय बाणिज्य बैक दिक्तेलका कर्मचारी हुन् । अस्पतालमा दक्ष जनशक्ति नभएपछि चर्को शुल्क तिरेर काठमाडौं लानुपरेको उनको भनाइ छ ।

http://rupakotradio.org.np/