१७ वर्षीय किशोरीको हत्या आरोपमा पाँच पक्राउ, म्याद थप गरेर अनुसन्धान सुरु

खोटाङ, फागुन खोटाङको लिच्कीराम्चे–८ की १७ वर्षीय रिता तामाङको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जना बिरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । घट्नामा शंकास्पद मानिएपछि पक्राउ परेका पाँच आरोपित बिरुद्ध मंगलबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । रितासँग बारम्बार फोन सम्पर्कमा रहेका, भेटघाट गरिरहने र फोनबाट धम्क्याउने गरेको सुचनाका आधारमा शंकास्पद व्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सिम्पानी बजारका व्यवसायी शिव खड्काको होटलमा काम गर्दैआएकी किशोरी गत बुधबार छिमेकी गाबिस सिमपानी–७ स्थित कुसेऔंशी जंगलमा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेकी थिईन् । घट्नास्थलमा मडारिएको, घस्रिएको पाइएकाले युवतीलाई सामुहिक बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ । ‘घट्नामा संलग्न भएको आशंकामा पाँच जना बिरुद्ध म्यान थप गरेर अनुसन्धान अघि बढाइएको छ,’ डिएसपी प्रधानले भने, ‘घट्नाका मुख्या, सहयोगी र मतियार पत्ता लगाउन अनुसन्धान जारी छ ।’ उनीहरुको नाम प्रहरीले खुलाएको छैन । पाँच जनाबाटै दोषी र सहायक पत्ता लाग्ने प्रधानको भनाई छ । घट्नाको अनुसन्धानकालागि डिएसपी प्रधान आफै टोली लिएर घट्नास्थलमा पुगेका थिए । 
होटलमा काम गर्दै आएकी रिता मंगलबार साँझ घर नआएपछि खोजी गर्नेक्रममा बाटोभन्दा करिब ४० मिटर तल भीरमा मिल्काइएको अवस्थामा मृत भेटिएकी थिईन् । बिहान होटलमा काम गर्न गएर साँझ घर फर्कने गरेकी तामाङको शव ढुंगाले किचेर हत्या गरेर भीरबाट खसाइदिएको अनुमान गरिएको छ । प्रहरीका अनुशार युवतीको शवको टाउको फुटेका, दाँत खसाइदिएको, दाहिने आँखा फुटेको र चिउँडो ढुंगाले काटिएको अवस्थामा भेटिएको थियो । 
भोजपुर नगरपालिका–७ कोदारकी ३० वर्षीया सुमिना महत खोटाङको डम्बर्खुशिवालय–१ स्थित काभ्रेखोलाको दोभानमा माघ २२ गते मृत फेला परेकी थिईन् । उनको हत्यामा संलग्न आरोपमा चिसापानी–४ का ४० वर्षीय रोहिन कार्की पक्राउ परिसकेका छन् ।
 

http://rupakotradio.org.np/