घर टहराको मुआव्जा निर्धारण

खोटाङ, फागुन – मध्यपहाडी लोकमार्ग अन्तरगत खोटाङको दिक्तेल–चखेवाभञ्ज्याङ ४६ किलोमिटर सडक खण्ड आसपासका घर टहराको मुआव्जा निर्धारण गरिएको छ । जग्गा प्राप्ती ऐन २०३४ बमोजिम गठीत मुआब्जा निर्धारण समितिले सडकको रेखाङ्कनमा परेको घर र टहराको मुआव्जा निर्धारण गरेको हो । प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेलको संयोजकत्वमा बसेको समितिको वैठकले सडक किनाराका १५ घरटहराका लागि ३५ लाख ३८ हजार ६६४ रुपैयाँ क्षतिपूर्ती स्वरुप मुआब्जा दिने निर्णय गरेको हो । समितिले प्रतिवर्गफिट ३५० देखि ८ सय रुपैयाँसम्मका दरले क्षतिपूर्ती स्वरुप घर टहराको मुआव्जा निर्धारण गरेको जनाएको छ । 
२०७१÷०७२ सालमा टेन्डर भएर काम सुरु भएको उक्त सडकको स्तरोन्नती र कालोपत्रेका काम २०७५ सालभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा गोल्डेन ग्रुपले जिम्मा लिएको छ । सडक खण्डको दिक्तेल–चखेवाभञ्ज्याङ पाँच प्याकेजमा निर्माण सुरु भएको आयोजनाका इन्जिनियर राजेन्द्र राय यादवले जानकारी दिए । साढे ८ मिटर स्तरोन्नती गरिने सडक मध्ये ७ मिटर कालोपत्रे हुनेछ । हाल उक्त सडकमा कटिङ, नाली, रिटर्नीवाल, ब्रेष्टवाल लगायतको काम भईरहेको छ । 
 

http://rupakotradio.org.np/