राप्रपा खोटाङको अध्यक्षमा श्रेष्ठ

खोटाङ, माघ–७ राप्रपा खोटाङको अध्यक्षमा जीवन श्रेष्ठ चयन भएका छन् । बुधबार राती सम्पन्न अधिबेसनले राप्रपाको ५५ सदस्यीय जिल्ला समिति निर्माण गरेको हो । राप्रपाको सह–अध्यक्षमा ललितकुमार राई सर्वसहमत चयन भएका छन् । केन्द्रीय महाधिबेसनपछि अन्य पदाधिकारी छनौट गर्ने राप्रपाले जनाएको छ । राप्रपाले क्षेत्र नम्बर १ मा मोतीचन्द्र राईको अध्यक्षतामा तथा क्षेत्र नम्बर २ मा नीर चामलीङको अध्यक्षतामा २१÷२१ सदस्यीय क्षेत्रीय समिति गठन गरेको छ । दुई राप्रपाको एकतापछिको अधिबेसन मंगलबार राप्रपाका सह–महामन्त्री अर्जुन राईले उदघाटन गरेका थिए । 
जिल्ला अधिबेसनले जिल्ला समितिबाट ९ जना, २ निर्वाचन क्षेत्रबाट ९÷९ जना र दिक्तेल नगर समितिबाट २ जना गरी २९ जना महाधिबेसन प्रतिनिधिको टुंगो लगाएको छ । राप्रपाको जिल्ला कार्य समितिबाट अध्यक्ष श्रेष्ठ, सह–अध्यक्ष राई, सदस्यहरु चन्द्रसिं बस्नेत, प्रेमकुमारी राई, प्रताप राई, केशरमान कामी, ताराकुमार थापा, गुणराज भण्डारी र रामचन्द्र भट्टराईलाई महाधिबेसन प्रतिनिधि छानेको छ । यस्तै, क्षेत्र नम्बर १ बाट धर्मराज पोखरेल, बिजयकला राई, जगदीश राजभण्डारी, बिष्णु गिरी, ज्ञानबहादुर राई, सिता राई, मोहितराम राई र भीमबहादुर बिश्वकर्मा तथा क्षेत्र नम्बर २ बाट नीर चामलीङ, अर्जुन राई, रबिन चामलीङ, अमर केसी, कृष्णकुमारी राई, बर्जमान राई, जौडीमान दर्जी, मिनुहाङ राई, ईन्द्रबहादुर राई र शुभकुमार राई महाधिबेसन प्रतिनिधि छानिएको राप्रपाले जनाएको छ । 
दिक्तेल नगरबाट सिताराम राई र चन्द्रकुमारी तारा राई महाधिबेसन प्रतिनिधि पठाएका छन् । आगामी फागुन ६ गते हुने केन्द्रीय महाधिबेसनलाई लक्ष्यीत गर्दै जिल्ला अधिबेसन गरिएको हो । केन्द्रमा तत्कालिन राप्रपा र राप्रपा नेपालबीच मंसिर ६ गते एकीकरण घोषणा भएपनि जिल्लामा भने पुस २ गते घोषणा भएको थियो ।
 

http://rupakotradio.org.np/