आयोजकले नै राखे फुटबल प्रतियोगिताको उपाधी

रामधन राई÷रुपाकोट रेडियो, खोटाङ
खोटाङमा सम्पन्न अन्तर क्लब स्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधी आयोजक खोटाङ फुटबल एकेडेमीले नैै राखेको छ । गत शुक्रबारदेखि जारी प्रतियोगिताको फाईनल खेलमा मंगलबार खारम्बु स्पोर्टस् क्लब खार्मीलाई ट्राईब्रेकरमा जीत्दै आयोजकले नै उपाधी हात पारेका हुन् । 
खार्मीका खेलाडीले खेल अवधीभर नै आयोजकलाई दबाबमा राखे पनि दुर्भाग्यबस् खारम्बुले नतिजा आफ्नो पक्षमा पार्न नसकेको दर्शक बताउँछन् । ११ टीममध्ये उपाधीका दाबेदार एकेडेमी र खार्मीका स्पोर्टस् क्लबबीच भएको फाईनल खेलको ७० मिनेट अवधीमा दुवै तर्फबाट गोल हुन नसक्दा खेल ट्राईब्रेकरमा गएको प्रतियोगितका संयोजक श्याम पौडेलले बताउनुभयो ।
प्रतियोगिताका बिधागत पुरस्कारमा बेष्ट प्लेयर आयोजक खोटाङ फुटबल एकेडेमीका शैलेन्द्र बजिमय, बेष्ट डिफेण्डर खारम्बु स्पोर्ट क्लब खार्मीका खेलाडी राजकुमार राई र उत्कृष्ट गोलकिपरको ट्रफी खार्मीकै खेलाडी शुभचन्द्र राईले हात पार्नुभयो ।  खारम्बुका चिरञ्जिबी थापा र आयोजककै  शैलेन्द्र बजिमयले खेल अवधिभर सर्बाधिक ४–४ गोल गरे पनि ट्रफी भने आयोजककै खेलाडी बजिमयले प्राप्त गर्नुभयो । बाध्यात्मक अवस्थामा मैदान छिरेर उत्कृष्ट बचाउ गर्ने आयोजकका गोल रक्षक मनोज राई म्यान अफ दी म्याच घोषित हुनुभयो । आयोजकका मुख्य गोल रक्षकले रातो कार्ड पाएपछि मैदानमा प्रबेश राईले फाईनल खेलमा टीमलाई बिजयी गराउन महत्वपुर्ण खेल प्रस्तुत गर्नुभएको दर्शकको भनाई छ ।
लालुपाते सहकारी संस्थाले मुख्य प्रायोजन गरेको प्रतियोगिताको मुख्य उदेश्य जिल्लाको फुटबल खेललाई बिकास गर्दै संस्थागत ढंगले जिल्लालाई एन्फामा आबद्घ गराउने अभियन्ता नुरकाजी सैंजुले बताउनुभयो । सैंजुका अनुसार चाँडै नै एक भेला बोलाई एन्फामा आबद्घ हुनका लागि संस्थागत प्रक्रियामा जानका लागि जिल्ला तदर्थ समिति गठन गरिने छ ।
जिल्ला खेलकुद बिकास समितिमा दर्ता भएका ११ क्लबले सहभागिता जनाएको प्रतियोगिताको सेमी फाईनल खेलमा खारम्बु स्पोर्टस् क्लबले माटिकोरे सेवा समाजलाई ४–१ गोल अन्तर तथा आयोजक एकेडेमीले नुन्थला स्पोर्टस् क्लबलाई ३–१ गोल अन्तरले पराजीत गर्दै फाईनलमा प्रबेश गरेका हुन् । दुवैतर्फका खेलाडी तुलनात्मक रुपमा अनुभबी तथा परिपक्व रहेकाले खेल रोमाञ्चक तथा प्रतिस्पर्धात्मक रहने ठम्र्यांईले दर्शकको घुईंचो लागेको थियो ।
जिल्लामा फुटबल खेलको स्तरोन्नतीका लागि भनेर आयोजना गरिएको प्रतियोगिताका केही खेल भने तनाबपुर्ण बनेको छ । सोमबार भएको आयोजक र नुन्थला स्पोर्टस् क्लबबीचको खेल तनाबपुर्ण बनेको थियो । खेलको अन्त्यतिर आयोजकका गोलकिपरले रेड कार्ड पाएपछि खेल तनाबपुर्ण बनेको हो । समाएको  बललाई किपरले होल्ड गर्ने क्रममा बिपक्षी खेलाडीले खोस्न खोज्दा किपर बिपक्षीमाथि जाई लागेका थिए । किपरले रेड कार्ड पाएपछि आयोजकका खेलाडी ८ जनामा सिमित भएका थिए ।
यस्तै, आईतबार सम्पन्न आयोजक र भवन गैरा फुटबल क्लबबीचको खेल पनि तनाबपुर्ण बनेको थियो । खेलमा खेलाडी–खेलाडीबीच हात हालाहालको अवस्था भएपछि खेल तनाबपुर्ण बनेको हो । दुवैतर्फका गोलकिपर तथा मैदानमा रहेका अन्य खेलाडीबीच पनि भनाभन तथा झम्टाझम्टी भएको खेलको अन्त्यलगत्तै आयोजकका गोलकिपर बिपक्षी गोलकिपरमाथि जाई लागेका थिए । यद्यपी, दुवैतर्फका खेलाडी राखी आयोजकले मेलमिलाप गराएका थिए ।
अनी, आयोजक र खारम्बु स्पोर्टस् क्लबबीचको खेल शुरुवातीमा समेत बिबाद आएका थिए । सहभागि दर्ता गराउँदा आयोजकले दिएको सर्त तथा नियमपत्रमा उल्लेख गरिएबमोजिम एक रेडकार्ड पाएका खेलाडीले दुई तथा दुइ वटा ‘एल्लो कार्ड’ पाएका खेलाडीले एक खेलमा प्रतिबन्धित हुनुपर्ने नियमानुसार खेल नगराईएकोमा समेत सहभागीको आपत्ती रहेको छ ।
 

http://rupakotradio.org.np/