अबैध शारीरिक सम्बन्धले परिवार भताभुङ्ग

खोटाङ, माघ– अबैध शारीरिक सम्बन्धले खोटाङमा एक परिवार भताभुङ्ग भएको छ । श्रीमान बिदेश रहेका समयमा परपुरुषसँगको शारीरिक सम्बन्धबाट गर्भ बसेको खुलासा भएपछि सदरमुकाम दिक्तेलका एक परिवार टुक्रिएको हो । सामान्य अस्वस्थ भएपछि स्वास्थ्य संस्था पु¥याइएका महिला गर्भवती भएको खुलेपछि सोधखोजकाक्रममा परपुरुषसँग अबैध सम्बन्ध राखेको परिवारलाई थाहा भएको थियो । बैदेसिक रोजगारीका सिलसिलामा बिदेशमा रहेका उनका श्रीमान पुस ५ गते मात्र घर आएका थिए । परदेशबाट आएको केही दिनमै श्रीमती पाँच महिनाको गर्भवती भएको थाहा भएपछि श्रीमानले छानबिन गर्न र दोषी पहिचानकालागि आफन्त र प्रहरीलाई गुहारेका थिए । 
गर्भको बिषयलाई लिएर गाउँमा भएको छलफलमा महिलाले दिक्तेलबजारका खत्री थरका एक पुरुषलाई दोषी देखाएकी थिईन् । खत्रीले यौन सम्पर्क राखेको भए पनि परिवार नियोजन (बन्ध्याकरण) गरिसकेकाले आफ्नो गर्भ नभएको भन्दै पन्छिए । दोषी भनिएका पुरुषले केही टाठाबाठाको उपाय अनुशार छलफलमा बन्ध्याकरण गरेको बताएपछि महिलाले अन्य चार जनालाई दोष देखाईन् । छलफलमै खत्री बाहेक दुई जना आचार्य, एक जना रायमाझी र एक जना परियार थरका पुरुषसँग शारीरिक सम्बन्ध राखेको बताएपछि गाउँलेले आचार्यद्धय, रायमाझी र परियारसँग पनि सोधपुछ गरेका थिए । तर, पाँच जना दोषी देखाएकी महिलाले अन्तमा तीन जनालाई छुट दिएर आचार्यद्धय बिरुद्ध मात्र जिल्ला प्रहरी कार्यालय खोटाङमा हाड्नाता करणीमा जाहेरी दिएकी छन् । 
गर्भमै चलखेल 
श्रोतका अनुशार घटनालाई लेनदेनमा गाउँमै मिलाउनकालाथि गाउँमै आर्थिक चलखेल भएको थियो । ‘सबै दोषीबाट डेढ÷डेढ लाख रकम उठाउने र घट्नालाई सेटल गर्ने तयारी थियो,’ श्रोतले भन्यो, ‘अन्त्यामा त्यो कुरामा सहमती नजनाउने र साईनोमा अलि नजिकपर्ने बिरुद्ध मात्र जाहेरी दिन लगाइयो ।’ महिलाको जाहेरीका आधारमा नरनाथ आचार्य र जंगप्रसाद आचार्यलाई माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । आरोपितमध्ये नरनाथमाथि पुस ३ गते र जंगप्रसादमाथि भदौ १५ गते करनी गरेको अभियोग छ । धेरै जना परपुरुषसँग सम्पर्क राखेको हल्ला फैलिएपछि घरबाटै निकालिएकी गर्भवती महिला अधिकारकर्मीको सहयोगमा महिला तथा बालबालिका हुँदै कानुनी सहायता केन्द्रको सहयोगमा जाहेरी लेखाएर दुई जना बिरुद्ध हाडनाता जबसजस्ती करणी महल अन्तरगत जाहेरी दिन पुगेकी हुन् । आरोपितमध्ये नरनाथ टेलीकमका कर्मचारी र जंगप्रसाद सामान्य खेतीकिसानी काम काम गर्ने व्यक्ती हुन् । छलफलपछि जंगप्रसाद भागेका थिए तर, उनी ईटहरीबाट पुःन मुद्धा फेस गर्न भन्दै घर फर्किएको स्थानीय बताउँछन् । आरोप लागेको मितिमा नरनाथ कार्यालयको कामकालागि बाक्सिलामा पुगेको उनका आफन्तको दाबी छ । ‘नाम नभनौँ, एउटा पार्टीका जिम्मेवार नेता यसमा संलग्न छन्, यो सबैलाई थाहा छ,’ उनले भने, ‘अरुको कमजोरीमा अर्कैलाई पार्ने खेल भएको छ ।’ महिला भने गर्भपतनकालागि काठ्माण्डौं पुगेको पुगेको स्थानीयले बताएका छन् । 
 

http://rupakotradio.org.np/