सरकारी अधिकारीबाट्र ट्रम्पको आदेशको विरोध ।

अमेरिकी अधिकारीहरुले नै नष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासीसम्बन्धि आदेशको विरोध गरेका गरेका छन् । न्याय विभागले ट्रम्पनीतिको प्रतिरक्षा नगर्ने निर्णय गरेको छ । निमित्त महान्यायधिवक्ता सल्ली याटेसले राष्ट्रपतिले जारी गरेको आदेश कानूनसम्मत नरहेको भन्दै आदेशका पक्षमा कानून विभागले प्रतिरक्षा गर्न नसक्ने प्रष्ट गर्नु भएको छ । निवर्तमान राष्ट्रपति बराक ओबामाद्वारा नियुक्त याटेसले मातहतका कर्मचारीका नाममा निकालेको विज्ञप्तिमा आफूहरु ट्रम्पको तर्कसँग सहमत हुन नसकेको बताउनु भएको हो ।  आफ्नो जिम्मेवारी कानूनी रुपमा कुनै विषयको प्रतिरक्षा गर्ने मात्र नभई त्यो कानूनमा के छ भन्ने रायसहित सूचित गराउनुपनि हो याटेसले प्रष्ट गर्नु भएको छ ।  त्यस्तै विश्वका विभिन्न देशमा रहेका सयौं अमेरिकी कूटनीतिज्ञले राष्ट्रपति डोनाल्ड ट्रम्पको शरणर्थीमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गर्ने तयारी गरेका छन् । विभिन्न सात देशका नागरिक तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने राष्ट्रपति ट्रम्पको निर्णयको अमेरिकी कूटनीतिज्ञले संयुक्त रुपमा विरोध गर्ने तयारी गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका हुन् । यस्तै पूर्व राष्ट्रपति बाराक ओबामाले पनि वक्तव्य जारी गरी ट्रम्पको निर्देशनको विरोध गरेका छन् ।  । 
 

http://rupakotradio.org.np/