मेवाखोला हाईड्रोपावरको परीक्षण प्रशारण सुरु

मेवाखोला हाईड्रोपावरको परीक्षण प्रशारण सुरु 
जिल्लाबाट उत्पादन गरिएको मेवाखोला हाईड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको छ । दिक्तेल नगरपालिका–१० स्थित मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको हाईड्रोपावरको परीक्षण प्रशारण सुरु गरिएको हो । 
समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको ६० र बैंक अफ काठमाडौंको ४० प्रतिशत गरी करिब २२ करोडको लागतमा हाईड्रोपावर सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाईड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो । लोडसेडिङको मार खेपीरहेका खोटाङवासी मेवाखोला हाईड्रोपावर सञ्चालन भएपछि हर्षित बनेका छन् । 
जिल्लामा २.५ मेगावाट विद्युत खपत भइरहेको मेवा खोलाबाट उत्पादन गरिएको एक मेगावाट विद्युत थप भएपछि लोडसेडिङ नहुने बताइएको छ । जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रा.लि काठमाडौंको प्रबद्र्धनमा वि.सं. २०७१ सालदेखि हाईड्रोपावरको काम सुरु गरिएको थियो । 
वि.सं. २०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाईड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिनपछि सञ्चालनमा ल्याउन सफल भइएको आयोजना प्रमुख ललितकुमार राईले बताउनुभयो । चिनबाट झिकाइएका ईन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि मङ्गलबारदेखि हाईड्रोपावरबाट विद्युत उत्पादन भएको प्रमुख राईले जानकारी दिनुभयो । 
मेवाखोलाबाट उत्पादित विद्युत बुइपामा रहेको केन्द्रीय विद्युत प्रशारण लाईनको सव स्टेशनमा जोेडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको मेवाखोला हाईड्रोपावर अबको पन्ध्र दिनभित्रमा औपचारिक कार्यक्रम गरेर उत्घाटन गरिने जनाइएको छ । तस्बिर उपलब्ध छ ।
 

http://rupakotradio.org.np/