गीतकार चाम्लिङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने

गीतकार चाम्लिङलाई ‘प्रतिभा पुरस्कार’ प्रदान गरिने
केदार मगर÷खोटाङ, मङ्सिर । बेलायतमा स्थापित नेपाली प्रतिभा प्रतिष्ठानले यस वर्षको ‘प्रतिभा पुरस्कार’ खोटाङका गीतकार टीका चाम्लिङलाई दिने घोषणा गरेको छ । प्रतिभा छनौट समितिले हालै गरेको निर्णय अनुसार यस वर्षको एक लाख राशीको प्रतिभा पुरस्कार चाम्लिङलाई प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईले जानकारी दिनुभयो । 
नेपाली कला–साहित्य, सँगीत लगायत विविध क्षेत्रमा योगदान दिने हस्तिहरुको सम्मान तथा प्रोत्साहन स्वरुप पुरस्कृत गर्दै आएको प्रतिष्ठानले आगामी पुष दोस्रो हप्ता काठमाडौंमा विशेष कार्यक्रम गरेर पुरस्कृत गर्ने जनाएको छ । गीतकार चाम्लिङले यसअघि पनि अधिराज्यब्यापी प्रतियोगितामा  उत्कृष्ट गीतकार लगायत दर्जनौं पुरस्कार प्राप्त गरिसकेका छन् । 
यस्तै, प्रतिष्ठानले प्रतिभा पुरस्कारसँगै प्रदान गर्दै आएको नगद २० हजार रुपैयाँ राशीसहितको सम्मान यो वर्ष गुल्मीकी वरिष्ठ कथाकार भगिरथी श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष सँगीतकार बीबी अनुरागीलाई प्रतिभा पुरस्कार र लेखक प्रद्युम्न श्रेष्ठलाई सम्मान प्रदान गरिएको थियो । 
बेलायतमा रहेका नेपालीहरु आबद्घ प्रतिष्ठानले करिब १० वर्ष अघिदेखि यस्ता गतिविधि गर्दै आएको छ । प्रतिष्ठानले पुरस्कार र सम्मानका साथै विकास निर्माणमा समेत सहयोग पु¥याउँदै आएको छ । 
 

http://rupakotradio.org.np/