दिक्तेल नगरपालिकामा सौर्य बत्ती जडान गर्ने तयारी

दिक्तेल नगरपालिकामा सौर्य बत्ती जडान गर्ने तयारी 
केदार मगर खोटाङ, मङ्सिर दिक्तेल नगरपालिकाले थप पाँच स्थानमा सौर्य बत्ती जडान गर्ने तयारी गरेको छ । प्रतिगोटा एक लाख ३० हजार पर्ने सौर्य बत्ती नगरपालिको विभिन्न क्षेत्रमा जडान गर्ने तयारी गरिएको हो । 
नगर समितिको बैठकले तोकेका पाँच स्थानमा माघ १५ सम्ममा सोलार बत्ती राखिने नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले बताउनुभयो । रातका समयमा अन्धकार रहने नगरपालिकाका विभिन्न चोकलाई उज्यालो बनाउन ‘रातमा आफै बल्ने र दिनमा आफै निभ्ने’ खम्बा र सोलार सहितको अटोमेटिक सौर्य बत्ती राख्न लागिएको हो । 
सौर्य सडक बत्ती कार्यक्रमको २एक लाख ४५ हजार, नगरपालिकाको छ लाख ४० हजार र उपभोक्ताको चार लाख ९५ हजार गरी ३३ लाखको लागतमा सौर्य सडक बत्ती जडान गर्न लागिएको जनाइएको छ । रातका समयमा आवतजावत गर्ने स्थानीयको सहजता एवम् सम्भावित दुर्घटनालाई न्युनीकरणका लागि सौर्य बत्ती जडानको योजना बनाइएको हो । 
यसअघि नगर क्षेत्रभित्र ३१ ठाउँमा जडान गरिएको छ । उक्त समयमा अपुग भएको ठाउँमा यस पटक जडान गर्न लागिएको जनाइएको छ । 
 

http://rupakotradio.org.np/