उद्योगका क्षेत्रमा क्रियासिल खोटाङका चार उद्यमी सम्मानित

लामो समयदेखि उद्योगका क्षेत्रमा क्रियासिल खोटाङका चार उद्यमी सम्मानित भएका छन् । प्रथम उद्योग दिबसको अवशरमा बिहिबार घरेलु तथा साना उद्योग बिकास समितिले राडीपाखी व्यावसायी चन्द्रकुमारी गुरुङ, फलफुल प्रशोधन व्यवसायी रामबहादुर राई, मौरी पालन व्यवसायी बलराम राई र सिलाईकटाई व्यवसायी धनसुर परियारलाई सम्मान गरिएको हो । गाउँमा बसेर स्वाभीमानी, स्ववलम्बी र आत्मनिर्भर बन्ने प्रेरणा जगाउँदै लघु, घरेलु तथा साना उद्योगको प्रबद्र्धनमा योगदान पु¥याएकोमा नेर्पा–८ की चन्द्रकुमारी, कुभिण्डे–४ का रामबहादुर, छोरम्बु–५ का बलराम र याम्खा–५ का धनसुरलाई जनही एक हजारका साथमा कदरपत्र प्रदान गरिएको छ । सफल र क्रियासिल चार उद्यमीलाई प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की र स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले नगद तथा कदरपत्र प्रदान गर्नुभएको छ । 
कार्यक्रममा सम्मानित व्यवसायी चन्द्रकुमारीले राज्यको संयन्त्र उद्योगमैत्री नहुँदा उद्योग फस्टाउन नसकेको गुनासो गरिन् । ‘साना उद्योग आर्थिक समस्याबाट गुज्रिरहेको छ,’ गुरुङले भनिन्, ‘उद्योग शिर्षकको रकम निकासा गर्न जाँदा जिबिसकै एक कर्मचारीले तीन हजार पैसा खाइदियो, यस्तो प्रबृत्ति भएपछि कहाँबाट उद्योग उँभो लाग्छ ?’ उद्योग दिवसको अवशरमा दिक्तेलको हाटडाँडाबाट निकालिएको ¥याली जिबिसको हलमा पुगेर सभामा परिणत भएको थियो ।
 

http://rupakotradio.org.np/