सडक स्तरोन्नतीकालागि स्वीस राजदुत समक्ष माग

खोटाङ, मंसिर – खोटाङका दश राजनैतिक दलले ८ वटा सडक स्तरोन्नतीकालागि नेपालका लागि स्वीस राजदुत योर्क जियोभन्नी फ्रिडेन समक्ष माग राखेका छन् । स्वीस सरकार र नेपाल सरकाको साझेदारीमा जिल्लामा सञ्चालन भइरहेका बिभिन्न परियोजनाको समिक्षाकाक्रममा दिक्तेल आइपुगेका स्वीस राजदुत फ्रिडेन समक्ष मौरे–फोक्सिङटार, दिक्तेल–खोटाङबजार, पुरानो बैंकचोक–बाम्राङ–बुईपा–रेग्मीटार, दिक्तेल हरेलोडाँडा–पाथेका–चोखाने–फेदी, रसुवा–कालापानी–सिमपानी–पान्धारे, रेग्मीटार–पञ्चमी, बिजुले–लामीडाँडा–रँभुवा र लामीडाँडा–दुबेकोल–जलेश्वरी सडक स्तरोन्नतीकालागि माग राखिएको हो । राजनैतिक दलकातर्फबाट पुर्वसांसद कुलप्रसाद फुयाँलले वर्षामा अवरुद्ध हुने सडक स्तरोन्नतीकालागि राजदुत समक्ष लिखित माग राख्नु भएको हो । 
राजदुत समक्ष स्वीस सरकार नियोग र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण गरिएको मौरे–फोक्सिङटार सडकलाई कालोपत्रको व्यवस्थाकालागि आग्रह गरिएको छ । स्वीस राजदुत फ्रिडेनले जिल्लाबासीको माग र उपयुक्तताका आधारमा सहयोग गर्ने आश्वासन दिनुभयो । 
 

http://rupakotradio.org.np/